समाचार

मकवानपुर–२ मा आर्थिक रूपान्तरणको एजेन्डासहित मैदानमा सन्तोष बिस्ट

मकवानपुर। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नं. २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्तोष बिस्टले उत्पादनमुखी अर्थतन्त्र र सामाजिक न्यायमा आधारित आर्थिक पुनर्संरचनालाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। उम्मेदवार बिस्टले देशको वर्तमान आर्थिक चुनौतीको समाधान उत्पादन वृद्धि, न्यायपूर्ण वितरण तथा स्थानीय अर्थतन्त्रको सशक्तीकरणबाट सम्भव हुने विश्वास व्यक्त गरे। उनले प्रगतिशील कर प्रणाली लागू गरी धनी–गरिबबीचको खाडल घटाउने र सामूहिक उत्पादनको प्रवर्द्धनमार्फत गरिबी उन्मूलन गर्ने प्रतिबद्धता जनाए। उनको चुनावी घोषणापत्रअनुसार स्थानीय स्रोत, सीप र श्रमको अधिकतम प्रयोग गर्दै उत्पादनमुखी स्थानीय अर्थतन्त्र निर्माण गरिनेछ। साथै अनुसन्धान, नवप्रवर्तन र डिजिटल अर्थतन्त्रको विस्तारमार्फत युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको छ। उम्मेदवार…
Read More

“चुनावी मैदानमा फरक अभ्यास: QR मार्फत जनताको आवाज सुन्दै तेजप्रसाद उप्रेती (रमेश)”

मकवानपुर ।आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर–१ बाट उम्मेदवार बनेका तेजप्रसाद उप्रेती (रमेश) ले मतदातासँग प्रत्यक्ष संवाद र राय संकलनका लागि क्यूआर कोड सार्वजनिक गरेका छन्।जर्नादन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट उम्मेदवारी दिएका उप्रेतीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकले उठाउन चाहेका मुद्दा, प्राथमिकता तथा सुझावहरू प्रत्यक्ष रूपमा संकलन गर्ने उद्देश्यले क्यूआर कोड सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।“उन्नत विकास सहितको विकल्प”भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएका उप्रेतीले मतदाताबाट प्राप्त राय, सुझाव र सन्देशलाई आफ्नो चुनावी घोषणापत्र तथा भावी कार्यदिशाको आधार बनाइने बताएका छन्। क्यूआर कोड मोबाइलबाट स्क्यान गरेपछि नागरिकले सजिलै आफ्ना विचार, अपेक्षा र…
Read More

आवश्यक्ताको आधारमा विकासलाई प्राथमिकता दिनेछु : लवशेर बिष्ट

मकवानपुर । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट मकवानपुर जिल्ला क्षेत्र नं. २ का लागि प्रतिनिधि सभा सदस्य उम्मेद्वार लवशेर बिष्टले आवश्यक्ताको आधारमा विकासलाई प्राथमिकता दिने बताए । प्रतिनिधि सभा सदस्य पदमा उम्मेद्वारी दिएपछि सञ्चारकर्मीहको जिज्ञाशालाई संवोधन गर्दै बिष्टले पहुँचको आधारमा भन्दापनि आवश्यक्ताको आधारमा विकास बजेट बिनियोजन गर्नको लागि आफ्नो भूमिका रहने बताए । थाहा नगरपालिकाको पूर्व नगर प्रमुख समेत रहेका बिष्टले विकासमा जनमैत्री बजेटको लागि ऐनमै संशोधन गरेर भएपनि समानुपातिक विकासका लागि क्रियाशिल रहने बताए । २०७४ सालमा थाहा नगरपालिकाको प्रमुखमा आफू निर्वाचित भएपछि ५ बर्ष देशभर थाहा नगरपालिकाको असल अभ्यासको बारेमा परिचर्चा भएको स्मरण गर्दै उक्त सकारात्मक अभ्यासहरु आफ्नो निर्वाचन…
Read More

हेटौडा १३ मा २८६२ औँ घोडावर्ग सोनाम ल्होछारको अवसरमा बृहद् सांस्कृतिक कार्यक्रम हुने

मकवानपुर। २८६२ औँ घोडावर्ग सोनाम ल्होछारको अवसरमा हेटौडामा बृहद् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। हेटौडा उपमहानगरपालिका–१३ बनस्पती स्थित तासी छोइलिङ गुम्बा परिसरमा २०८२ सालमा आयोजना हुने कार्यक्रमबारे बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। कार्यक्रममा तामाङ समुदायको विविध सांस्कृतिक पक्ष झल्काउने झाँकी प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको गायन तथा नृत्य प्रस्तुति रहनेछ। कार्यक्रम संयोजक उद्धव कुमार मोक्तानका अनुसार गायिका पूजा लामा, धिरेन लामा लगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। साथै रैथाने बाली तथा मौलिक परम्परा झल्कने परिकारहरूको प्रदर्शनी स्थल पनि राखिनेछ। तामाङ समुदायको मौलिक भाषा, भेषभूषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।…
Read More

निर्वाचन आयोगले भन्यो- मनोनयनमा जाँदा तडकभडक नगर्नू

मकवानपुर। निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न चेतावनी दिएका छन् । सञ्चारकर्मीहरूसँग सोमवार आयोगमा कुराकानी गर्दै उनले उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक नगर्न चेतावनी दिएका हुन् । तडकभडकलाई कानूनले पूर्ण रुपमा निषेध गरेको र आचारसंहीताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरू नगर्न सचेत गराए । आचारसंहिता उल्लंघन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी पनि उनले दिए । निष्ठापूर्वक आचारसंहीतालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न उनले आग्रह गरे ।‘उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक हुन्छ । यो पूर्ण रुपमा कानुनले निषेध गरेको छ । आचारसंहिताले निषेध गरेको छ,’…
Read More

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

मकवानपुर। रास्वपाबाट राजनीति थालेका काठमाडौं महानगरका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् । उनले उपमेयर सुनिता डंगोललाई आइतबार राजीनामा बुझाएका हुन् । उनी आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा-५ मा निर्वाचन लड्दै छन् ।
Read More

प्रलोपा मकवानपुरको अध्यक्षमा ध्रुबराज ढकाल 

मकवानपुर । प्रगतिशिल लोकतान्त्रिक पार्टी मकवानपुरको अध्यक्ष पदमा ध्रुबराज ढकाल चयन भएका छन् । शुक्रबार हेटौंडामा सम्पन्न बैठकले अध्यक्ष पदमा ढकाललाई चयन गरेको हो । प्रलोपा बागमती प्रदेश कमिटीले पुस २० गते जारी गरेको परिपत्र अनुसार जिल्लाको इन्चार्जको जिम्मेवारीमा राजेन्द्र सिम्खडा र जिल्ला अध्यक्ष पदमा ढकाललाई जिम्मेवारी प्रदान गरेको हो। शुक्रवार सम्पन्न बैठकले जिल्लामा संगठन सुदृढीकरणका लागि छिट्टै जिल्ला एकता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। साथै फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर जिल्लाको २ क्षेत्रका उम्मेदवारहरुको सर्वसम्मत सिफारिस गरेको छ । जसमा संघीय निर्वाचन क्षेत्र नं.१ को लागि तुफान बिक्रम क्षेत्री (दिपशक्ती) र…
Read More

मकवानपुरमा दोस्रो बृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव माघ २८ देखि

मकवानपुर। माघ०२/ मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा दोस्रो बृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको छ। समितिले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सवको जानकारी दिएको हो। खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले खेल, कृषि, व्यापार र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए। खेलकुद पूर्वाधार विकासका लागि तीनै तहका सरकार तथा सम्बन्धित संघसंस्थासँग सहकार्य गर्दै खेलकुदमार्फत अन्तर्राष्ट्रिय स्तरका दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए। माघ २८ गतेदेखि सुरु हुने महोत्सव फागुन १२ गतेसम्म हेटौँडा–१० स्थित टीसीएन चौरमा सञ्चालन हुनेछ। महोत्सवमा खेलकुदसँगै कृषि तथा व्यापारका करिब ४ सय स्टल रहने आयोजकले जनाएको…
Read More

आजको मौसम : तराईमा कुहिरो र पहाडी क्षेत्रमा आंशिक बदली रहने

मकवानपुर। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिन अनुसार यसको प्रभावले देशका केही पहाडी भू-भागमा आंशिक बदली र तराईमा कुहिरो लाग्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। तराईका केही स्थानहरूमा भने हल्का कुहिरो लाग्ने सम्भावना छ। देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । यसैगरी, आज राति पनि कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ। तराईका केही ठाउँहरूमा कुहिरो र हुस्सु लाग्ने सम्भावना…
Read More

आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

मकवानपुर। आज देभैभरी मकर अर्थात माघे सकराती पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.