बकैया गाउँपालिका

जनताको अधिकारको मुद्दा लिएर मैदानमा गौतम, बकैयामा बढ्दो समर्थन

जनताको अधिकारको मुद्दा लिएर मैदानमा गौतम, बकैयामा बढ्दो समर्थन

मकवानपुर। मकवानपुर क्षेत्र नं.–१ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिजय गौतमको पक्षमा बकैया गाउँपालिकामा चुनावी माहोल थप तातिएको छ। वडा नं.–२ धियाल भमरामा अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटनसँगै जनसमर्थन विस्तार भएको छ। कार्यक्रममा बोल्दै उम्मेदवार गौतमले आफू भूगोल, विकास र जनअधिकारको पक्षमा दृढ भएर उभिने प्रतिबद्धता जनाए। “यो चुनाव व्यक्तिगत जितको होइन, यो भूगोल र जनताको अधिकारको जित हो,” उनले भने। अव्यवस्थित बसोबास, धार्मिक–सामाजिक संरचना व्यवस्थापन, खेलमैदान र सडक पूर्वाधारलाई प्राथमिकतामा राख्ने उनले बताए। कार्यक्रममा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूले गौतमको उम्मेदवारीलाई ‘ऐतिहासिक अवसर’ भन्दै ताराचिन्हमा मतदान गर्न आह्वान गरे। यसैबीच, बकैया–६ खोबिल्टोमा कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया…
Read More

स्थानीय सरकारमै किर्ते धन्दा: एमालेबाट निर्वाचित वडाध्यक्ष राजन दंगाललाई २ वर्ष कैद सजाय

मकवानपुर। किर्ते नागरिकता प्रमाणपत्र बनाएको तथा झुटो विवरण पेश गरी जग्गा नामसारी गरेको कसुरमा जिल्ला अदालत मकवानपुरले वडाध्यक्षसहित सात जनालाई दुई वर्षदेखि आठ वर्षसम्म कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश पूर्णिमा कोईरालाको इजलासले आइतबार बकैया गाउँपालिका–४ का वडाध्यक्ष राजन दंगाल, वडा सचिव अनिशा श्रेष्ठ, सोमबहादुर न्यासुर, सानुमान थिङ र जमानसिंह भ्लोनलाई जनही दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो। यस्तै, पूर्णबहादुर भ्लोन र रामबहादुर न्यासुरलाई आठ वर्ष कैद तथा एक लाख ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ। अदालतका अनुसार नागरिकता सम्बन्धी कसुरमा पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तथा पञ्जीकरण कसुरमा तीन वर्ष…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.