Breaking News 2

मनहरी–८ मा नेकपाको चुनावी विशेष वडा बैठक सम्पन्न, ५१ सदस्यीय प्रचार समिति गठन

मनहरी–८ मा नेकपाको चुनावी विशेष वडा बैठक सम्पन्न, ५१ सदस्यीय प्रचार समिति गठन

मकवानपुर। मनहरी गाउँपालिका–८ मा नेपाली कम्युनिस्ट पार्टीद्वारा आयोजित चुनावी विशेष वडा बैठक सम्पन्न भएको छ। बैठकमा वडा निर्वाचन प्रचार–प्रसार समिति तथा टोलस्तरीय प्रचार–प्रसार समितिहरू गठन गरिएको छ। बैठक नेकपा वडा नं. ८ का संयोजक समीर हिम्डुङको सभाध्यक्षता तथा नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेश निर्वाचन अनुगमन समिति संयोजक एवं पूर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उक्त अवसरमा नेकपा एमाले परित्याग गरी सावल प्रजा तथा ३० वर्षे राजनीतिक यात्रा टुंग्याउँदै राप्रपा परित्याग गरी नेकपामा प्रवेश गरेका छन्। त्यसैगरी अग्रज व्यक्तित्व डिकबहादुर गुरुङ र जसपा परित्याग गरी युवा नेता राजु प्रजा समेत नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। बैठकमा प्रमुख…
Read More

डिजेल र मट्टीतेलको मूल्य ३ रुपैयाँ बढ्यो, पेट्रोलको कति ?

मकवानपुर। नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले शनिबार मध्यरातबाट लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य लिटरको ३ रुपैयाँ बढाएको जनाएको हाे । पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.१२, डिजेलमा ४.६६ र एलपी ग्यासमा प्रतिसिलिन्डर ४५.४९ ले बढेर आएको निगमले जनाएको छ । त्यस्तै हवाई इन्धनमा प्रतिलिटर १०८ रुपैयाँले घटेर आएको छ । डिजेलमा प्रतिलिटर ४.६६ रुपैयाँले बढेर आएको भए पनि आमउपभोक्तको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेल मट्टीतेलमा ३ रुपैयाँ मात्र बढाइएको…
Read More

मकवानपुर–२ मा आर्थिक रूपान्तरणको एजेन्डासहित मैदानमा सन्तोष बिस्ट

मकवानपुर। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नं. २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्तोष बिस्टले उत्पादनमुखी अर्थतन्त्र र सामाजिक न्यायमा आधारित आर्थिक पुनर्संरचनालाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। उम्मेदवार बिस्टले देशको वर्तमान आर्थिक चुनौतीको समाधान उत्पादन वृद्धि, न्यायपूर्ण वितरण तथा स्थानीय अर्थतन्त्रको सशक्तीकरणबाट सम्भव हुने विश्वास व्यक्त गरे। उनले प्रगतिशील कर प्रणाली लागू गरी धनी–गरिबबीचको खाडल घटाउने र सामूहिक उत्पादनको प्रवर्द्धनमार्फत गरिबी उन्मूलन गर्ने प्रतिबद्धता जनाए। उनको चुनावी घोषणापत्रअनुसार स्थानीय स्रोत, सीप र श्रमको अधिकतम प्रयोग गर्दै उत्पादनमुखी स्थानीय अर्थतन्त्र निर्माण गरिनेछ। साथै अनुसन्धान, नवप्रवर्तन र डिजिटल अर्थतन्त्रको विस्तारमार्फत युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको छ। उम्मेदवार…
Read More

आजको मौसम : तराईमा कुहिरो र पहाडी क्षेत्रमा आंशिक बदली रहने

मकवानपुर। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिन अनुसार यसको प्रभावले देशका केही पहाडी भू-भागमा आंशिक बदली र तराईमा कुहिरो लाग्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। तराईका केही स्थानहरूमा भने हल्का कुहिरो लाग्ने सम्भावना छ। देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । यसैगरी, आज राति पनि कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ। तराईका केही ठाउँहरूमा कुहिरो र हुस्सु लाग्ने सम्भावना…
Read More

थाहाका सन्तोष बिष्टले प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिने

मकवानपुर । थाहा नगरपालिका वडा नं. ३ का सन्तोष बिष्टले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर जिल्लाको क्षेत्र नं. २ बाट उम्मेद्वारी दिने घोषणा गरेका छन् । बिष्टले प्रगतिशिल लोकतान्त्रिक पार्टीका तर्फबाट मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्ष तर्फ उम्मेद्वारी दिने भएका हुन् । बिद्यार्थी राजनीतिमा सक्रिय बिष्ट तत्कालिन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रहेका थिए । हाल गठन भएको प्रगतिशिल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य रहेका बिष्टले मुलुकमा सामाजिक न्याय सहितको समृद्धिको लक्ष्य प्राप्तीको लागि प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेद्वारहरुलाई मतदान गर्न मतदाताहरुसमक्ष आग्रह समेत गरेका छन् । नागरिककोे हक–अधिकारको सुनिश्चितता, लोकतन्त्रको रक्षा, सुशासन…
Read More

निर्वाचन प्रहरीका लागि सरकारले खुलायो भर्ना, माग संख्या १ लाख ३३ हजार ९ सय ८०

मकवानपुर। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा परिचालन गर्नका लागि सरकारले निर्वाचन प्रहरीको भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले एक सूचना जारी गर्दै १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरीको भर्ना खुलाएको हो । निर्वाचन प्रहरीका लागि यही २५ पुस शुक्रबारदेखि १ फागुनसम्म आवेदन दिन सकिने बताइएको छ । बिदाको दिन पनि दर्खास्त लिइने सूचनामा जनाइएको छ ।
Read More

घिसिङले केही बेरमा आकस्मिक पत्रकार सम्मेलन गर्दै, राजीनामाको तयारी

मकवानपुर। जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने भएका छन् । त्यसका लागि उनले अहिले राति ९ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेका छन् । स्रोतका अनुसार उनी अहिले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जान लागेका छन् । “अहिले केहीबेरमा प्रधानमन्त्रीज्यूलाई भेट्न जाँदै हुनुहुन्छ, सम्भवतः आजै राजीनामा दिनुहुन्छ,” स्रोतले भन्यो ।
Read More

भीमफेदी सुमो दुर्घटना अपडेट : घाइतेमध्ये छ जनाको मृ त्यु

मकवानपुर। हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका—६ जुरीखेतस्थित सडकमा आज साँझ भएको सुमो गाडी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज १७७८ नंको सुमो गाडी दुर्घटना हुँदा घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । मृतकहरूको सनाखत हुन बाँकी छ । प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पु¥याइएको थियो । तीन जनाको भने सोही हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
Read More

यु–१४ विद्यालयस्तरीय फुटबल: गुरूशिष्य ३–० ले विजयी, सेमिफाइनल यात्रा तय

मकवानपुर। जेनजी आन्दोलनले अवरुद्ध गरेको यु–१४ विद्यालयस्तरीय फुटबल प्रतियोगिता पुनः सुरु, गुरूशिष्य सेमिफाइनलमा। जेनजी आन्दोलनका कारण स्थगित गरिएको मकवानपुरको यु–१४ विद्यालयस्तरीय फुटबल प्रतियोगिता आज (मंगलबार)देखि पुनः सुरु भएको छ। प्रतियोगिता भोलि (बुधबार)सम्म चल्नेछ। विसं २०८१ असोज १२ गते पहिरोमा परी मृत्यु भएका स्व. अनुपम घलान, साईमन योन्जन, दिवस बानियाँ, विकल रेग्मी, आदित्य बलम्पाकी र प्रियान्स आचार्यको स्मृतिमा गत भदौ १९ गतेदेखि प्रतियोगिता सुरु भएको हो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण खेल स्थगित भएको थियो। यसअघि ११ खेल सम्पन्न भइसकेका छन् भने बाँकी ९ खेल भइरहेको आयोजकले जनाएको छ। आज सम्पन्न खेलमा गुरूशिष्य पाठशाला हेटौंडा–१९ ले देवकी माध्यमिक…
Read More

दागाची एप सार्वजनिक : एआईमा आधारित बहुभाषिक सूचना प्लेटफर्म अब नेपालमा पनि

मकवानपुर। एआई प्रविधिमा आधारित बहुभाषिक सूचना प्लेटफर्म दागाची एप, मकवानपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। मनसाचोकस्थित डाँफे प्यालेस होटलमा आज पत्रकार सम्मेलन मार्फत एपका नेपाल प्रतिनिधि माधव सापकोटाले दागाची एपको उद्देश्य, कार्यप्रणाली र भविष्यका योजनाबारे विस्तृत जानकारी गराएको हो । प्रतिनिधि सापकोटाका अनुसार यो एपको मुख्य लक्ष्य कोरियामा कार्यरत र भविष्यमा कोरिया जाने तयारीमा रहेका विदेशी नागरिकलाई भाषागत अवरोध बिना सही र विश्वसनीय सूचना उपलब्ध गराउनु हो। हाल कोरियामा रहेका विदेशी कामदार, विद्यार्थी र पर्यटकहरूले सरकारी सूचना बुझ्न, रोजगारी, आवास, इन्टर्नसिप, कानुनी प्रक्रिया र आपतकालीन अवस्थामा सही निर्णय लिन कठिनाइ भोग्दै आएका छन्। यस्ता समस्याको समाधान गर्न यो एप…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.