राक्सिराङ गाउँपालिका

आवश्यक्ताको आधारमा विकासलाई प्राथमिकता दिनेछु : लवशेर बिष्ट

मकवानपुर । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट मकवानपुर जिल्ला क्षेत्र नं. २ का लागि प्रतिनिधि सभा सदस्य उम्मेद्वार लवशेर बिष्टले आवश्यक्ताको आधारमा विकासलाई प्राथमिकता दिने बताए । प्रतिनिधि सभा सदस्य पदमा उम्मेद्वारी दिएपछि सञ्चारकर्मीहको जिज्ञाशालाई संवोधन गर्दै बिष्टले पहुँचको आधारमा भन्दापनि आवश्यक्ताको आधारमा विकास बजेट बिनियोजन गर्नको लागि आफ्नो भूमिका रहने बताए । थाहा नगरपालिकाको पूर्व नगर प्रमुख समेत रहेका बिष्टले विकासमा जनमैत्री बजेटको लागि ऐनमै संशोधन गरेर भएपनि समानुपातिक विकासका लागि क्रियाशिल रहने बताए । २०७४ सालमा थाहा नगरपालिकाको प्रमुखमा आफू निर्वाचित भएपछि ५ बर्ष देशभर थाहा नगरपालिकाको असल अभ्यासको बारेमा परिचर्चा भएको स्मरण गर्दै उक्त सकारात्मक अभ्यासहरु आफ्नो निर्वाचन…
Read More

थाहाका सन्तोष बिष्टले प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिने

मकवानपुर । थाहा नगरपालिका वडा नं. ३ का सन्तोष बिष्टले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर जिल्लाको क्षेत्र नं. २ बाट उम्मेद्वारी दिने घोषणा गरेका छन् । बिष्टले प्रगतिशिल लोकतान्त्रिक पार्टीका तर्फबाट मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्ष तर्फ उम्मेद्वारी दिने भएका हुन् । बिद्यार्थी राजनीतिमा सक्रिय बिष्ट तत्कालिन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रहेका थिए । हाल गठन भएको प्रगतिशिल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य रहेका बिष्टले मुलुकमा सामाजिक न्याय सहितको समृद्धिको लक्ष्य प्राप्तीको लागि प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेद्वारहरुलाई मतदान गर्न मतदाताहरुसमक्ष आग्रह समेत गरेका छन् । नागरिककोे हक–अधिकारको सुनिश्चितता, लोकतन्त्रको रक्षा, सुशासन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.