स्थानीय

दागाची एप सार्वजनिक : एआईमा आधारित बहुभाषिक सूचना प्लेटफर्म अब नेपालमा पनि

मकवानपुर। एआई प्रविधिमा आधारित बहुभाषिक सूचना प्लेटफर्म दागाची एप, मकवानपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। मनसाचोकस्थित डाँफे प्यालेस होटलमा आज पत्रकार सम्मेलन मार्फत एपका नेपाल प्रतिनिधि माधव सापकोटाले दागाची एपको उद्देश्य, कार्यप्रणाली र भविष्यका योजनाबारे विस्तृत जानकारी गराएको हो । प्रतिनिधि सापकोटाका अनुसार यो एपको मुख्य लक्ष्य कोरियामा कार्यरत र भविष्यमा कोरिया जाने तयारीमा रहेका विदेशी नागरिकलाई भाषागत अवरोध बिना सही र विश्वसनीय सूचना उपलब्ध गराउनु हो। हाल कोरियामा रहेका विदेशी कामदार, विद्यार्थी र पर्यटकहरूले सरकारी सूचना बुझ्न, रोजगारी, आवास, इन्टर्नसिप, कानुनी प्रक्रिया र आपतकालीन अवस्थामा सही निर्णय लिन कठिनाइ भोग्दै आएका छन्। यस्ता समस्याको समाधान गर्न यो एप…
Read More

नेकपा मकवानपुरद्वारा प्रतिनिधि सभाको लागि ३७ जना सिफारिश
समानुपातिकमा १७, राष्ट्रिय सभाको लागि तीन

मकवानपुर । नेपाली कम्युनिष्ट पार्टी मकवानपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको उम्मेद्वारका लागि केन्द्रीय कार्यालय समक्ष आकांक्षी उम्मेद्वारहरुको नाम सिफरिश गरेको छ । शनिबार दिउँसो पत्रकार सम्मेलन मार्फत मकवानपुर जिल्ला संयोजक एवम् एकता कार्यदल सदस्य भीम पाख्रिनले प्रत्यक्ष र समानुपातिक उम्मेद्वार आकांक्षीको नाम केन्द्रीय कार्यालय समक्ष सिफारिश गरिएको बताए । दुई निर्वचन क्षेत्र भएको मकवानपुरमा दुई प्रतिनिधिसभा सदस्य पदका लागि २० जनाको नाम सिफारिश भएको छ । क्षेत्र नंं १ मा १३ जना र २ मा ८ जनाको नाम सिफारिश भएको भीम पाख्रिनले बताए । जिल्लाले सिफारिश गरेका नामहरुको अध्ययन गरी पार्टी केन्द्रीय कमिटीले १÷१ जनाको…
Read More

नेपाली राजनीतिमा पुराना अनुहारको पुनरावृत्ति : नयाँ पुस्ताको आकांक्षा अझै अधुरै

मकवानपुर। नेपाली राजनीतिको हालको परिदृश्य हेर्दा एउटा गम्भीर प्रश्न उठिरहेको छ — देशको राजनीतिक दिशा कता जाँदैछ? नयाँ पुस्ताले परिवर्तनको आशा बोकेका छन्, तर राजनैतिक दलहरु पुरानै अनुहारमै भर परिरहँदा जनतामा निराशा बढेको छ। नेपाली कम्युनिस्ट पार्टीजस्ता ठूला दलहरुमा अहिले वडास्तरदेखि प्रदेश तहसम्म थुप्रै नेताहरू छन्। कोही वडा अध्यक्ष, कोही नगर प्रमुख, त कोही प्रदेश सभा सदस्य। यिनै नेताहरु अहिले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावको टिकट पाउन दौडधुप गरिरहेका छन्। तर यो सन्दर्भमा एउटा गम्भीर प्रश्न उठ्छ— "पाएको जिम्मेवारी पुरा नगरी, अझ ठूलो पदको खोजी गर्नु जनताको विश्वास माथिको धोका होइन र?" ! कुनै नगर प्रमुख वा वडा अध्यक्ष…
Read More

सिडिपिएनको सहयोगमा कैलाश–१० गोपीराङमा, दश घरधुरीमा शौचालय निमार्ण

मकवानपुर। मंसिर ०८/ मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० गोपीराङमा १० घरधुरीमा शौचालय निर्माण हुने भएको छ। तामाङ र सीमान्तकृत चेपाङ समुदायको बसोबास रहेको उक्त स्थानमा सुरक्षित तथा व्यवस्थित शौचालय निर्माण हुने भएपछि स्थानीयवासीमा खुसी छाएको छ। मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले लाभग्राही परिवारलाई शौचालय प्यान हस्तान्तरण गर्दै तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो। “खाल्डो खनी सक्नुभएको छ, अब तोकिएको समयभित्र शौचालय निर्माण सम्पन्न गर्नुस्,” अध्यक्ष मुक्तानले भन्नुभयो। उहाँले राज्यले अघि सारेको ‘एक घर–एक धारा’ अवधारणाअन्तर्गत शौचालय र सरसफाइ प्रमुख सूचकका रूपमा रहेको उल्लेख गर्दै जथाभावी दिशापिसाबले पानीजन्य तथा अन्य विभिन्न रोग लाग्ने जोखिम बढ्ने बताउनुभयो। “अब…
Read More

स्थानीय सरकारमै किर्ते धन्दा: एमालेबाट निर्वाचित वडाध्यक्ष राजन दंगाललाई २ वर्ष कैद सजाय

मकवानपुर। किर्ते नागरिकता प्रमाणपत्र बनाएको तथा झुटो विवरण पेश गरी जग्गा नामसारी गरेको कसुरमा जिल्ला अदालत मकवानपुरले वडाध्यक्षसहित सात जनालाई दुई वर्षदेखि आठ वर्षसम्म कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश पूर्णिमा कोईरालाको इजलासले आइतबार बकैया गाउँपालिका–४ का वडाध्यक्ष राजन दंगाल, वडा सचिव अनिशा श्रेष्ठ, सोमबहादुर न्यासुर, सानुमान थिङ र जमानसिंह भ्लोनलाई जनही दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो। यस्तै, पूर्णबहादुर भ्लोन र रामबहादुर न्यासुरलाई आठ वर्ष कैद तथा एक लाख ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ। अदालतका अनुसार नागरिकता सम्बन्धी कसुरमा पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तथा पञ्जीकरण कसुरमा तीन वर्ष…
Read More

पोलदम्कीमा पक्की पुलको शिलान्यास, तीन करोड लागतमा निर्माण हुँदै

मकवानपुर । २०८२ पौष १/ भीमफेदी गाउँपालिका–३ स्थित पोलदम्कीमा बागमती प्रदेश सरकारको तीन करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको पक्की पुलको शिलान्यास गरिएको छ। स्थानीय जनजीवनलाई प्रत्यक्ष राहत दिने उद्देश्यसहित निर्माण हुन लागेको यस पुलको शिलान्यास मंगलबार एक भव्य समारोहबीच सम्पन्न भएको हो। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पुलको शिलान्यास गर्नुभएको हो। कार्यक्रममा बोल्दै उहाँले वडा नं ३ का अध्यक्ष प्रितिलाल लामाको नेतृत्व र निरन्तर पहलका कारण परियोजना मूर्तरूप लिन सफल भएको बताउनुभयो। “वडा अध्यक्ष प्रितिलाल लामाको सक्रियताले यस क्षेत्रको विकासले गति लिएको छ। उहाँकै पहलमा आज तीन करोडको पुल…
Read More

नेपाली कम्युनिष्ट पार्टीको थाहानगर एकता भेला सम्पन्न

मकवानपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) थाहा नगरपालिकाको एकता भेला पालुङ जेसीजको सभाहलमा सम्पन्न भएको छ । सोमबार नेकपा थाहा नगरपालिका संयोजक बिनोदकुमार लामाको अध्यक्षता एवम् नेकपाका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा भेला भएको हो । भेलामा प्रमुख अतिथि श्रेष्ठले बृहत राष्ट्रिय एकता हालको प्रमुख आवश्यक्ता भएको बताए । उनले एकता सबैभन्दा ठूलो शक्ति भएको बताए । श्रेष्ठले यो बृहत् पार्टी एकता कुनै पद, शक्ति वा तात्कालिक स्वार्थका लागि नभई देश र जनताको हित, राष्ट्रिय स्वाधीनता र समृद्धिको दीर्घकालीन लक्ष्यका लागि गरिएको स्पष्ट पारे । भेलामा नेकपाकी नेता मुनु सिग्देलले संविधानको रक्षा गरी मुलुकलाई…
Read More

एकता नै बल हो, राष्ट्रिय एकताबाटै समृद्ध नेपाल सम्भव छ” : नारायणकाजी श्रेष्ठ

मकवानपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) थाहा नगरपालिकाको बिस्तारित एकता भेला पालुङ जेसीजको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। भेलाका प्रमुख अतिथि नेकपाका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकता नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै राष्ट्रिय एकताको आधारमा मात्र देशलाई समृद्धि र समाजवादको दिशामा अघि बढाउन सकिने बताउनुभयो। श्रेष्ठले पार्टी एकता कुनै पद, शक्ति वा तात्कालिक स्वार्थका लागि नभई देश र जनताको हित, राष्ट्रिय स्वाधीनता र समृद्धिको दीर्घकालीन लक्ष्यका लागि गरिएको स्पष्ट पार्नुभयो। जुन क्रान्तिकारी उद्देश्यका साथ पार्टी एकता गरिएको हो, त्यसलाई हरहालतमा पूरा गर्ने दृढ संकल्पका साथ अगाडि बढ्नुपर्ने बताउँदै उहाँले त्यससम्बन्धी संकल्प…
Read More

राजनीतिक स्थिरताका लागि निर्धारित समयमै निर्वाचन हुनुपर्छ : प्रल्हाद लामिछाने

मकवानपुर । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले मुलुकको राजनीतिक स्थिरताका लागि निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताए । लामिछानेले नेपाली कम्युनिष्ट पार्टी हेटौंडा उपमहानगरपालिका समितिको एकता बिस्तारित बैठकलाई उद्घाटन गर्दै मुलुकमा हाल आएको संकटलाई समाधान गर्ने एकमात्र उपाय निर्वाचन भएको बताए । उनले बृहत कम्युनिष्ट एकताको लागि नेपाली कम्युनिष्ट पार्टीको निर्माण गरिएको बताए । सोमबार नेपाली कम्युनिष्ट पार्टी हेटौंडा उपमहानगर पालिका समिति संयोजक प्रदिप अर्यालको अध्यक्षता एवम् केन्द्रीय सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यतामा एकता बिस्तार बैठक सञ्चालन भएको थियो । बैठकले पार्टीका आगामी कार्यक्रमको तय गरेको थियो । जिल्ला कार्यालय हेटौंडाको सभाहलमा भएको बिस्तारित बैठकमा नेपाली कम्युनिष्ट पार्टीका नेताहरु…
Read More

नेकपाको हेटौंडा उपमहानगर समिति एकता विस्तार बैठक सम्पन्न

हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को हेटौंडा उपमहानगरपालिका समिति एकता विस्तार बैठक सम्पन्न भएको छ। नेकपाका पूर्व घटक पार्टी नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका समितिका अध्यक्ष प्रदीप अर्यालको सभाध्यक्षतामा सम्पन्न बैठकमा संविधानसभा सदस्य प्रल्हाद लामिछाने प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा नेकपाका पूर्व घटक दल नेकपा (एस) र नेकपा (माओवादी केन्द्र) का केन्द्रीय, प्रदेश, जिल्ला, नगर तथा वडास्तरका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले राजसंस्था पुनःस्थापना भए जनताको लोकप्रिय मतबाट आम नागरिकका छोराछोरीले राष्ट्रपति र प्रधानमन्त्री बन्ने अवसर गुम्ने दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “एउटा वंशले राज्य गर्दा आम नागरिकले बोल्ने अधिकार थिएन,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.