Breaking News 1

शुक्रबार तीन कार्यक्रम, शनिवार बनभोज : पालुङ जेसीज सप्ताह समापन

मकवानपुर । मकवानपुरको थाहा नगरमा क्रियाशिल पालुङ जेसीजको जेसीज सप्ताह कार्यक्रम सम्पन्न भएको छ । आईतबारदेखि सुरु भएको जेसीज सप्ताह अन्तरगतको कार्यक्रमहरु मध्ये शुक्रबार तीन कार्यक्रम सम्पन्न भएको थियो । शुक्रबार बिहान जनकल्याण माबि पालुङमा बित्तीय शाक्षरता कार्यक्रम सञ्चालन भएको थियो । पालुङ जेसीज बर्ष २०२५ का कार्यकारिणी उपााध्यक्ष एवम् जेसीज सप्ताह कार्यक्रमका मूल कार्यक्रम संयोजक अजित कार्कीको अध्यक्षता तथा नेपाल जेसीज बर्ष २०२५का उपाध्यक्ष एवम् पालुङ जेसीजका पूर्व अध्यक्ष संगम कार्कीको प्रमुख आतिथ्यतामा बित्तय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । बित्तिय साक्षरता कार्यक्रमको सहजिकरण प्रभु बैंकका दामन शाखा प्रमुख राधाकृष्ण लामिछानेले गरेका थिए । कार्यक्रममा जनकल्याण माध्यमिक बिद्यालय पालुङमा…
Read More

एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
सुदूरपश्चिम दोस्रो पटक फाइनल पुगेको हो भने लुम्बिनी पहिलोपटक प्लेअफबाट फाइनलसम्मको यात्रा तय गरेको छ ।

मकवानपुर। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने…
Read More

हेटौडामा प्रतिबन्धित लागू औषध खैरोहेरोइन सहित २ जना पक्राउ

मकवानपुर। मंसिर २५/ मकवानपुरको हेटौडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्व–पश्चिम सडकखण्डबाट प्रतिबन्धित लागू औषध खैरोहेरोइनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले शुक्रबार बिहान करिब ९:५० बजे जितपुर–सिमराबाट हेटौडा आउँदै गरेको म.प्र.०३–०३१ प ६९९० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागू औषध फेला पारेको हो। मोटरसाइकल चालक पर्सा, बिरगंज–३१ का २१ वर्षीय शिव पासवान र पछाडि सवार २३ वर्षीय निरज चौधरीलाई जुत्ताभित्र लुकाइ छिपाइ ल्याइएको अवस्थामा १६० मिलिग्राम खैरोहेरोइन जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उक्त लागू औषध तथा मोटरसाइकल बरामद गरिएको र दुबैजनामाथि लागू औषध सम्बन्धी कसुरमा आवश्यक कानूनी कारबाही तथा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको…
Read More

पालुङ जेसीज सप्ताह : तेस्रो दिन स्लो बाईक रेस

मकवानपुर । पालुङ जेसीज बर्ष २०२५ को जेसीज सप्ताहको तेस्रो कार्यक्रम अन्तरगत स्लो बाईक रेस प्रतियोगिता बुधबार सम्पन्न भएको छ । सवारी नियमको जानकारी र सम्भावित दुर्घटना जोखिमको अन्त्यका लागि चेतना फैलाउने उद्देश्यले स्लो बाईक रेस प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक मोनिका खत्रीले बताईन् । एक जना महिला सहित २७ जानाको सहभागिता रहेको प्रतियोगितामा थाहा २ का एडिन लामा बिजेता भएका थिए । उनलाई नगद सहित ट्रफी प्रदान गरिएको थियो । पालुङ जेसीज बर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक अजित कार्कीको अध्यक्षता एवम् थाहा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बमबहादुर सिन्तानको प्रमुख आतिथ्यतमा…
Read More

सुनको भाउ १ हजार बढ्यो, चाँदी हालसम्मकै उच्च

मकवानपुर। बिहीबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ १ हजार रुपैयाँ बढेको जनाएको छ । जसअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो २ लाख ५२ हजार १ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीले भने केही दिनयता नयाँ रेकर्ड बनाइरहेको छ । यसै क्रममा बिहीबार प्रतितोला ३ हजार ८०५ रुपैयाँ पुगेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज ५५ रुपैयाँले चाँदी बढेको हो…
Read More

मतदाता नामावली सच्याउन र मतदानस्थल सार्न २६ मंसिरसम्म म्याद, अनलाइनबाटै निवेदन दिन सकिने

मकवानपुर। निर्वाचन आयोगले मतदाता नामावलीमा भएका त्रुटि सच्याउन र एउटै वडाभित्र मतदानस्थल परिवर्तन गर्नका लागि आगामी २६ मंसिरसम्मको समयसीमा तोकेको छ । आयोगले मतदाताको सहजताका लागि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था समेत मिलाएको छ । तोकिएको समयभित्र मतदाताले आफ्नो विवरणमा रहेका त्रुटि सच्याउन, नामावलीबाट नाम हटाउन तथा दाबी विरोध गर्न सक्नेछन् । साथै, आयोगले मतदानस्थलहरूको पुनरावलोकन गरिरहेको सन्दर्भमा एउटै वडाभित्र आफूलाई पायक पर्ने अर्को स्थानमा मतदानस्थल सार्न चाहेमा पनि यसै अवधिमा निवेदन दिन सकिनेछ । मतदाताले यी सेवाहरू लिनका लागि सम्बन्धित निर्वाचन कार्यालयमा स्वयं उपस्थित भएर वा आयोगको आधिकारिक वेबसाइटमार्फत अनलाइन निवेदन दिन सक्नेछन् । मतदाता नामावली अद्यावधिक तथा दाबी…
Read More

पालुङ जेसीज सप्ताह ः दोस्रो दिन छात्रवृत्ति बितरण

मकवानपुर । पालुङ जेसीज बर्ष २०२५ को जेसीज सप्ताह कार्यक्रमको दोस्रो कार्यक्रम भारत–रत्न छात्रवृत्ति बितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । छात्रवृत्ति कार्यक्रम अन्तरगत मंगलबार थाहा नगरपालिका वडा नं. ११ स्थित कालीदेवी प्रा.वि. मा अध्ययनरत ३२ जना बिद्यार्थीहरुलाई स्टेसनरी सामग्री प्रदान गरिएको थियो । पालुङ जेसीज बर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक अजित कार्कीको अध्यक्षता एवम् बिद्यालयका प्रधानाध्यापक रुपक उप्रेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको हो ।  कार्यक्रममा पालुङ जेसीजका निवर्तमान अध्यक्ष निरज रायमाझी, महासचिव सुविन्द्रमान प्रधान, कोषाध्यक्ष अजय कार्की, सहमूल कार्यक्रम संयोजक बिकेशबाबु बस्नेत, कार्यक्रम संयोजक रबि कार्की लगायतको बिद्यालयका शिक्षक बिद्याथीहरुको उपस्थिति रहेको…
Read More

सुनको मूल्य एक हजारले घट्यो, कति पुग्यो ?

मकवानपुर। मंगलबार (मंसिर २३) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन तीन हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
Read More

नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा बन्द हुने

मकवानपुर। नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक ५ घण्टा बन्द हुने भएको छ । नागढुंगा–पिप्लामोड खण्डमा कालोपत्र र पोखरेभिर क्षेत्र विस्तारका लागि एकैपटक धेरै उपकरण सञ्चालन गर्नुपर्ने भएकाले अस्थायी रूपमा यातायात रोक्न लागिएको हो । आगामी बुधबारदेखि पाँच दिन दैनिक बिहान साढे १० बजेदेखि अपरान्ह साढे ३ बजेसम्म सडक बन्द हुनेछ । अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स, सुरक्षा निकाय, दमकल, शववाहनलाई भने सहजीकरण गरिने ट्राफिक प्रहरीले जनाएको छ । अन्य सवारीसाधनलाई विभिन्न स्थानहरूमा रोक्ने व्यवस्था मिलाइएको छ । ट्राफिक प्रहरीले वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
Read More

“सडक विस्तारपछि मेयर लामाको प्रतिवद्धता: ‘पीडितका घाउ मल्हम लगाउने काम अब पालिकाको प्राथमिकता”

मकवानपुर। हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मिना कुमारी लामाले सामाजिक सञ्जालमार्फत हेटौंडा बजारभित्र पर्ने राजमार्ग विस्तारको काम “ऐतिहासिक रूपमा सम्पन्न” भएको घोषणा गर्दै यस प्रक्रियामा साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी छिन्। उनका अनुसार सडक विस्तार सामान्य काम नभए पनि सबै पक्षको समन्वय र सहयोगले जटिल चरण पार गर्दै काम संपन्न भएको हो। उनले स्थानीय नागरिक, मन्त्री कुलमान घिसिङ, बागमती प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, प्रजिअ, सडक डिभिजन, सुरक्षा निकाय, स्थानीय युवाहरू र उपमहानगरका जनप्रतिनिधि तथा कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहेको बताइन्। नगरप्रमुख लामाको सडक विस्तारका कारण घर तथा संरचना भत्किएर प्रभावित बनेका नागरिकको पीडा बुझ्ने भन्दै क्षतिलाई न्यूनिकरण गर्ने प्रतिवद्धता…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.