Breaking News 1

आगामी निर्वाचन लक्षित : निर्वाचन आयोगमा शुक्रवारदेखि मिडिया सेन्टर सञ्चालन

मकवानपुर। आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ । आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचन र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन तथा सञ्चारमाध्यमसँग पारस्परिक सम्बन्ध स्थापित गर्न आयोगले शुक्रवारदेखि आयोगकै कार्यालयमा मिडिया सेन्टर सञ्चालनमा ल्याएको हो । आयोगले शुक्रवारदेखि सञ्चालनमा आएको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्दै निर्वाचनसम्बन्धी सूचना एकीकृत रूपमा प्रवाह गर्नको लागि मिडिया सेन्टरको स्थापना गरिएको जनाएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले मिडिया सेन्टरमार्फत निर्वाचनसम्बन्धी आधिकारिक सूचना प्रवाह, पत्रकार सम्मेलन आयोजना तथा सञ्चारमाध्यमलाई सत्यतथ्य समाचार उपलब्ध उपलब्ध गराउन सेन्टरको…
Read More

नेपाली राजनीतिमा पुराना अनुहारको पुनरावृत्ति : नयाँ पुस्ताको आकांक्षा अझै अधुरै

मकवानपुर। नेपाली राजनीतिको हालको परिदृश्य हेर्दा एउटा गम्भीर प्रश्न उठिरहेको छ — देशको राजनीतिक दिशा कता जाँदैछ? नयाँ पुस्ताले परिवर्तनको आशा बोकेका छन्, तर राजनैतिक दलहरु पुरानै अनुहारमै भर परिरहँदा जनतामा निराशा बढेको छ। नेपाली कम्युनिस्ट पार्टीजस्ता ठूला दलहरुमा अहिले वडास्तरदेखि प्रदेश तहसम्म थुप्रै नेताहरू छन्। कोही वडा अध्यक्ष, कोही नगर प्रमुख, त कोही प्रदेश सभा सदस्य। यिनै नेताहरु अहिले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावको टिकट पाउन दौडधुप गरिरहेका छन्। तर यो सन्दर्भमा एउटा गम्भीर प्रश्न उठ्छ— "पाएको जिम्मेवारी पुरा नगरी, अझ ठूलो पदको खोजी गर्नु जनताको विश्वास माथिको धोका होइन र?" ! कुनै नगर प्रमुख वा वडा अध्यक्ष…
Read More

शीतलहरको जोखिममा तराईका बासिन्दा, सुरक्षित रहन प्राधिकरणको अपिल

मकवानपुर। विगत केही दिनदेखि तराई क्षेत्रका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागले पुस १० गतेसम्मका लागि तराईमा हुस्सु, कुहिरो र शीतलहरको चेतावनी जारी गरेसँगै प्राधिकरणले सरोकारवाला निकायहरूलाई पूर्वतयारीमा लाग्न निर्देशन दिएको हो। शीतलहर प्रतिकार्य योजना कार्यान्वयनमा प्राधिकरणले ‘शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ तर्जुमा गरी कार्यान्वयनका लागि सबै निकायमा पठाइसकेको जनाएको छ। शीतलहरबाट विशेष गरी गरिब र विपन्न वर्गका नागरिक बढी प्रभावित हुने भएकाले कार्ययोजना अनुसार आ-आफ्नो जिम्मेवारी निभाउन प्राधिकरणले संघीय मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरेको…
Read More

सिडिपिएनको सहयोगमा कैलाश–१० गोपीराङमा, दश घरधुरीमा शौचालय निमार्ण

मकवानपुर। मंसिर ०८/ मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० गोपीराङमा १० घरधुरीमा शौचालय निर्माण हुने भएको छ। तामाङ र सीमान्तकृत चेपाङ समुदायको बसोबास रहेको उक्त स्थानमा सुरक्षित तथा व्यवस्थित शौचालय निर्माण हुने भएपछि स्थानीयवासीमा खुसी छाएको छ। मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले लाभग्राही परिवारलाई शौचालय प्यान हस्तान्तरण गर्दै तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो। “खाल्डो खनी सक्नुभएको छ, अब तोकिएको समयभित्र शौचालय निर्माण सम्पन्न गर्नुस्,” अध्यक्ष मुक्तानले भन्नुभयो। उहाँले राज्यले अघि सारेको ‘एक घर–एक धारा’ अवधारणाअन्तर्गत शौचालय र सरसफाइ प्रमुख सूचकका रूपमा रहेको उल्लेख गर्दै जथाभावी दिशापिसाबले पानीजन्य तथा अन्य विभिन्न रोग लाग्ने जोखिम बढ्ने बताउनुभयो। “अब…
Read More

स्थानीय सरकारमै किर्ते धन्दा: एमालेबाट निर्वाचित वडाध्यक्ष राजन दंगाललाई २ वर्ष कैद सजाय

मकवानपुर। किर्ते नागरिकता प्रमाणपत्र बनाएको तथा झुटो विवरण पेश गरी जग्गा नामसारी गरेको कसुरमा जिल्ला अदालत मकवानपुरले वडाध्यक्षसहित सात जनालाई दुई वर्षदेखि आठ वर्षसम्म कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश पूर्णिमा कोईरालाको इजलासले आइतबार बकैया गाउँपालिका–४ का वडाध्यक्ष राजन दंगाल, वडा सचिव अनिशा श्रेष्ठ, सोमबहादुर न्यासुर, सानुमान थिङ र जमानसिंह भ्लोनलाई जनही दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो। यस्तै, पूर्णबहादुर भ्लोन र रामबहादुर न्यासुरलाई आठ वर्ष कैद तथा एक लाख ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ। अदालतका अनुसार नागरिकता सम्बन्धी कसुरमा पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तथा पञ्जीकरण कसुरमा तीन वर्ष…
Read More

नेपाल जेसीजको ५२ औं महाधिवेशन सुरु

मकवानपुर । नेपाल जेसीजको ५२ औं महाधिवेशन शुक्रबारदेखि जनकपुरमा सुरु भएको छ । महाधिवेशनका लागि जनकपुरको तिरहुतीया गाछिमा विशाल पण्डाल निर्माण गरिएको छ । जेसीजको ५२ औं महाधिवेशनको उद्घाटन जापानका नागरिक जेसीआईका उपाध्यक्ष सुजुकीले गर्ने नेपाल जेसीजको अध्यक्ष रजनी थापाले जानकारी दिइन् । महाधिवेशनको सबै तयारी पूरा भएको नेपाल जेसीजले जनाएको छ । महाधिवेशनमा देशभरिका १७४ शाखाका ५ हजार भन्दा बढी प्रतिनिधिको सहभागिता रहने नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष संगम कार्कीले बताए । राष्ट्रिय उपाध्यक्ष संगम कार्कीले महाधिवेशनले सन् २०२६ का लागि नयाँ नेतृत्व चयन गर्ने बताए । नेपाल जेसीज बर्ष २०२६ को लागि १ जना अध्यक्ष पदमा ७ जना, ४…
Read More

पोलदम्कीमा पक्की पुलको शिलान्यास, तीन करोड लागतमा निर्माण हुँदै

मकवानपुर । २०८२ पौष १/ भीमफेदी गाउँपालिका–३ स्थित पोलदम्कीमा बागमती प्रदेश सरकारको तीन करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको पक्की पुलको शिलान्यास गरिएको छ। स्थानीय जनजीवनलाई प्रत्यक्ष राहत दिने उद्देश्यसहित निर्माण हुन लागेको यस पुलको शिलान्यास मंगलबार एक भव्य समारोहबीच सम्पन्न भएको हो। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पुलको शिलान्यास गर्नुभएको हो। कार्यक्रममा बोल्दै उहाँले वडा नं ३ का अध्यक्ष प्रितिलाल लामाको नेतृत्व र निरन्तर पहलका कारण परियोजना मूर्तरूप लिन सफल भएको बताउनुभयो। “वडा अध्यक्ष प्रितिलाल लामाको सक्रियताले यस क्षेत्रको विकासले गति लिएको छ। उहाँकै पहलमा आज तीन करोडको पुल…
Read More

राजनीतिक स्थिरताका लागि निर्धारित समयमै निर्वाचन हुनुपर्छ : प्रल्हाद लामिछाने

मकवानपुर । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले मुलुकको राजनीतिक स्थिरताका लागि निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताए । लामिछानेले नेपाली कम्युनिष्ट पार्टी हेटौंडा उपमहानगरपालिका समितिको एकता बिस्तारित बैठकलाई उद्घाटन गर्दै मुलुकमा हाल आएको संकटलाई समाधान गर्ने एकमात्र उपाय निर्वाचन भएको बताए । उनले बृहत कम्युनिष्ट एकताको लागि नेपाली कम्युनिष्ट पार्टीको निर्माण गरिएको बताए । सोमबार नेपाली कम्युनिष्ट पार्टी हेटौंडा उपमहानगर पालिका समिति संयोजक प्रदिप अर्यालको अध्यक्षता एवम् केन्द्रीय सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यतामा एकता बिस्तार बैठक सञ्चालन भएको थियो । बैठकले पार्टीका आगामी कार्यक्रमको तय गरेको थियो । जिल्ला कार्यालय हेटौंडाको सभाहलमा भएको बिस्तारित बैठकमा नेपाली कम्युनिष्ट पार्टीका नेताहरु…
Read More

नेकपाको हेटौंडा उपमहानगर समिति एकता विस्तार बैठक सम्पन्न

हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को हेटौंडा उपमहानगरपालिका समिति एकता विस्तार बैठक सम्पन्न भएको छ। नेकपाका पूर्व घटक पार्टी नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका समितिका अध्यक्ष प्रदीप अर्यालको सभाध्यक्षतामा सम्पन्न बैठकमा संविधानसभा सदस्य प्रल्हाद लामिछाने प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा नेकपाका पूर्व घटक दल नेकपा (एस) र नेकपा (माओवादी केन्द्र) का केन्द्रीय, प्रदेश, जिल्ला, नगर तथा वडास्तरका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले राजसंस्था पुनःस्थापना भए जनताको लोकप्रिय मतबाट आम नागरिकका छोराछोरीले राष्ट्रपति र प्रधानमन्त्री बन्ने अवसर गुम्ने दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “एउटा वंशले राज्य गर्दा आम नागरिकले बोल्ने अधिकार थिएन,…
Read More

एमालेको बन्दसत्र दिउँसो १ बजेदेखि

मकवानपुर। नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन । आज (मंसिर २८) दिउँसो १ बजेदेखि मात्र बन्दसत्र सुरु हुने एमाले नेताहरूले जानकारी दिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र यसअघि आजै बिहान साढे ७ बजेदेखि सुरु हुने भनिएको थियो । तर, बन्दसत्र सुरु हुने समय सारिएको हो । यति बेला केन्द्रीय कमिटीको बैठक बस्ने तयारी छ । केन्द्रीय कमिटीको बैठक पनि निर्धारित थिएन, आकस्मिक रूपमा बस्न लागेको हो । केन्द्रीय कमिटीको बैठकपश्चात् बन्दसत्र सुरु हुने नेताहरूले बताएका छन् । बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीलगायत नेताले बोल्नेछन् । त्यसपछि नेतृत्व चयनको तयारी गरिनेछ । शनिबार (मंसिर २७) भक्तपुरको सल्लाघारीस्थित…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.