समाचार

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका माधव कार्कीको उम्मेद्वारी

मकवानपुर । नेपाल जेसीज बर्ष २०२६ को लागि राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीज बर्ष २०२५ का अध्यक्ष माधव कार्कीले उम्मेद्वारी दिएका छन् । राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार कार्कीले पालुङ जेसीजमा २०१५ मा जेसीज सदस्यता लिएका थिए । सन् २०१६ देखि २०१९सम्म साधारण सदस्य रहेका कार्कीले २०२० मा भरत–रत्न छात्रबृत्ति कार्यक्रमको कार्यक्रम संयोजकको भूमिका निभाएका थिए । कार्कीले पालुङ जेसीजको सन् २०२१ मा उपाध्यक्ष, २०२२ मा शाखा सम्पादक, २०२३मा कोषाध्यक्ष र बर्ष २०२५ मा शाखा अध्यक्षको जिम्मेवारी सफलतापूर्वक पुरा गरेका छन् । मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा अबस्थित थाहा नगरपालिका वडा नम्बर २ मा स्वर्गीय पिता श्याम बहादुर कार्की र माता राधादेबि…
Read More

चाँदीको मूल्य प्रतितोला ३ हजार ७५० रुपैयाँ पुग्यो एक सातामै बनायो रेकर्ड

मकवानपुर। चाँदीको मूल्यले एक साताअघिको रेकर्ड तोडेको छ । बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ हजार ७५० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा एकैदिन १५० रुपैयाँले चाँदी बढेको हो । अघिल्लो दिन प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत बुधबार चाँदीको भाउले ३ हजार ६५५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो । त्यस्तै सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार २ लाख ५२ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउले…
Read More

पालुङ जेसीज सप्ताह ः दोस्रो दिन छात्रवृत्ति बितरण

मकवानपुर । पालुङ जेसीज बर्ष २०२५ को जेसीज सप्ताह कार्यक्रमको दोस्रो कार्यक्रम भारत–रत्न छात्रवृत्ति बितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । छात्रवृत्ति कार्यक्रम अन्तरगत मंगलबार थाहा नगरपालिका वडा नं. ११ स्थित कालीदेवी प्रा.वि. मा अध्ययनरत ३२ जना बिद्यार्थीहरुलाई स्टेसनरी सामग्री प्रदान गरिएको थियो । पालुङ जेसीज बर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक अजित कार्कीको अध्यक्षता एवम् बिद्यालयका प्रधानाध्यापक रुपक उप्रेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको हो ।  कार्यक्रममा पालुङ जेसीजका निवर्तमान अध्यक्ष निरज रायमाझी, महासचिव सुविन्द्रमान प्रधान, कोषाध्यक्ष अजय कार्की, सहमूल कार्यक्रम संयोजक बिकेशबाबु बस्नेत, कार्यक्रम संयोजक रबि कार्की लगायतको बिद्यालयका शिक्षक बिद्याथीहरुको उपस्थिति रहेको…
Read More

सुनको मूल्य एक हजारले घट्यो, कति पुग्यो ?

मकवानपुर। मंगलबार (मंसिर २३) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन तीन हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
Read More

नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा बन्द हुने

मकवानपुर। नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक ५ घण्टा बन्द हुने भएको छ । नागढुंगा–पिप्लामोड खण्डमा कालोपत्र र पोखरेभिर क्षेत्र विस्तारका लागि एकैपटक धेरै उपकरण सञ्चालन गर्नुपर्ने भएकाले अस्थायी रूपमा यातायात रोक्न लागिएको हो । आगामी बुधबारदेखि पाँच दिन दैनिक बिहान साढे १० बजेदेखि अपरान्ह साढे ३ बजेसम्म सडक बन्द हुनेछ । अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स, सुरक्षा निकाय, दमकल, शववाहनलाई भने सहजीकरण गरिने ट्राफिक प्रहरीले जनाएको छ । अन्य सवारीसाधनलाई विभिन्न स्थानहरूमा रोक्ने व्यवस्था मिलाइएको छ । ट्राफिक प्रहरीले वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
Read More

सरल नेपालको आयोजनामा ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ हुँदै

मकवानपुर। ‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने दृष्टिकोण तथा ‘स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान’ भन्ने उद्देश्यले लुम्बिनी प्रदेशमा पर्ने नवलपुर जिल्लाको देवचुली नगरपालिका -१७, पिप्रहरमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ सम्पन्न हुने भएको छ । नेपालको वर्तमान सामाजिक, शैक्षिक तथा डिजिटल परिवेशमा युवा पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण बन्दै गएको र यसै आवश्यकता र समयसापेक्ष मागलाई मध्यनजर गर्दै सरल नेपालको आयोजना तथा लायन्स क्लब ३२५ आर क्लस्टर ३ को प्रस्तुतिमा राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ घोषणा गरिएको छ, जसले देशका सम्पूर्ण युवाहरूलाई एकीकृत डिजिटल मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ । यो कार्यक्रम…
Read More

“सडक विस्तारपछि मेयर लामाको प्रतिवद्धता: ‘पीडितका घाउ मल्हम लगाउने काम अब पालिकाको प्राथमिकता”

मकवानपुर। हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मिना कुमारी लामाले सामाजिक सञ्जालमार्फत हेटौंडा बजारभित्र पर्ने राजमार्ग विस्तारको काम “ऐतिहासिक रूपमा सम्पन्न” भएको घोषणा गर्दै यस प्रक्रियामा साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी छिन्। उनका अनुसार सडक विस्तार सामान्य काम नभए पनि सबै पक्षको समन्वय र सहयोगले जटिल चरण पार गर्दै काम संपन्न भएको हो। उनले स्थानीय नागरिक, मन्त्री कुलमान घिसिङ, बागमती प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, प्रजिअ, सडक डिभिजन, सुरक्षा निकाय, स्थानीय युवाहरू र उपमहानगरका जनप्रतिनिधि तथा कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहेको बताइन्। नगरप्रमुख लामाको सडक विस्तारका कारण घर तथा संरचना भत्किएर प्रभावित बनेका नागरिकको पीडा बुझ्ने भन्दै क्षतिलाई न्यूनिकरण गर्ने प्रतिवद्धता…
Read More

पालुङ जेसीजको जेसीज सप्ताह सुरु

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरमा क्रियाशिल सामाजिक संस्था पालुङ जेसीजको जेसीज सप्ताह २०२५ आईतबारदेखि सुरु भएको छ । थाहा नगरपालिकाको थानाबजारमा एक कार्यक्रम बिच जेसीज अभिमुखिकरण कार्यक्रमसहित जेसीज सप्ताह २०२५को शुभारम्भ गरिएको हो । पालुङ जेसीज बर्ष २०२५ का अध्यक्ष माधब कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीज बर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष एवम् पालुङ जेसीजका लागि निरुपित उपाध्यक्ष सुजन थापाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपाल जेसीज बर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष एवम् पालुङ जेसीजका पूर्व अध्यक्ष संगम कार्की, पूर्व अध्यक्षहरु पुरुषोत्तम ढकाल, सानोभाइ कार्की, सुरेन्द्रमान प्रधानले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष…
Read More

समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै

मकवानपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आज मंसिर २१ गतेदेखि सुरु हुँदैछ । निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिने उनले बताए । त्यसैगरी आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय तोकिएको छ । बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला हुनुपर्ने प्रवक्ता भट्टराईले जानकारी दिए । प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गर्ने तालिका छ…
Read More

पालुङ जेसीजको जेसीज सप्ताह मंसिर २१ देखि

मकवानपुर । पालुङ जेसीजको जेसीज सप्ताह २०२५ मंसिर २१ गते आईतबारदेखि हुने भएको छ । थाहा नगरमा क्रियाशिल सामाजिक संस्था पालुङ जेसीजले शुक्रबार एक कार्यक्रमबिच जेसीज सप्ताह अन्तरगतको ७ दिन संचालन हुने कार्यक्रमको जानकारी गराईएको हो । पालुङ जेसीज बर्ष २०२५ का अध्यक्ष माधब कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक अजित कार्कीले जेसीज सप्ताह अन्तरगत संचालन गरिने कार्यक्रमको बारेमा जानकारी गराएका थिए । मूल कार्यक्रम संयोजक कार्कीका अनुसार मंसिर २१ गते बिश्वराम पौडेलको संयोजकत्वमा थानाबजारमा जेसीज सप्ताहको उद्घाटन तथा जेसीज प्रशिक्षण कार्यक्रम, २२ गते संजिता बस्नेतको संयोजकत्वमा थाहा २ को मंगलेश्वर प्राबिमा भरतरत्न छात्रवृत्ति…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.